कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव लम्साल भारततर्फ

काठमाडौँ — आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने प्रस्थान गरेकी छन् । उक्त डाइलगको उद्घाटन सत्र बिहीबार हुँदैछ ।

आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव लम्साल भारततर्फ

एसिया इकोनोमिक डाइलग भारतको विदेश मन्त्रालय र पुने इन्टरनेशनल सेन्टरद्वारा वार्षिक रुपमा आयोजना हुँदै आएको बहुपक्षीय सम्मेलन हो । विभिन्न मुलुकहरुमा उक्त सम्मेलनमा सहभागिता जनाउने छन् । भ्रमणको क्रममा सचिव लम्सालले नयाँ दिल्लीमा भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

साथै, एसिया इकोनोमिक डाइलगमा पनि भारतका विदेश सचिव क्वात्रा, नेपालकी परराष्ट्र सचिव लम्साल र बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनसँग एक सत्रमा छलफल गर्ने छिन् । उक्त सत्रमा दक्षिण एसियामा आर्थिक एकिकरणका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा नेपालबाट सचिव लम्सालसँगै दक्षिण एसियाली अध्ययन केन्द्र नेपालका निर्देशक निश्चलनाथ पाण्डेले पनि सहभागिता जनाउने छन् । पाण्डेले दक्षिण एसियालाई थप एकिकृत गर्ने विषयमा बंगलादेशका गर्भनर एटिउर रहमान र भुटानको ‘द भुटनीज’ पत्रिकाका सम्पादक तेन्जिङ लाम्साङसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : फाल्गुन १५, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×