कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रतिनिधिसभा सचिव पाण्डेयको राजीनामा स्वीकृत 

काठमाडौँ — प्रतिनिधिसभा सचिवबाट पद्मप्रसाद पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

प्रतिनिधिसभा सचिव पाण्डेयको राजीनामा स्वीकृत 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार प्रतिनिधिसभा सचिव पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका छन् ।

'राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिले स्वीकृत गर्नुभएको छ,' राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को महासचिवमा सिफारिस गरेका छन् । महासचिव सिफारिस भएको २ महिना पुग्नलाग्दासमेत नियुक्ति नभएपछि पाण्डेयले प्रतिनिधिसभा सचिवबाट राजीनामा दिएका हुन् ।

मंसिर २५ मा पाण्डेयलाई महासचिवमा सिफारिस गरिएको थियो । तर, रीत नपुगेको भन्दै राष्ट्रपतिले नियुक्ति रोकेका थिए । पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा नगरी महासचिवमा सिफारिस गरिएको थियो ।

प्रकाशित : माघ २३, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×