१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

लिङ्देनको फड्को

मंसिर २०, २०७८

लामो समय राप्रपा शक्ति संरचनाको माथिल्लो तहमा रहेका नेता कमल थापालाई १ सय ९९ मतान्तरले हराएर झापाका राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन् । लिङ्देन दुई वर्षदेखि अध्यक्ष बन्ने योजना बनाएर न...

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित 

राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्रीमा राणा विजयी

राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् । 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदान सकिन मध्यरातसम्म लाग्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि परम्परागत शैलीमा र बाहेकका पदमा विद्युतीय मतदान भइरहेको हो ।

राप्रपाको मतदान जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भइरहेको हो ।

राप्रपाको मतदान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको दोस्रो दिन प्रतिनिधिको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति बनाएको थियो ।

अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दैछ । 

'पार्टीभित्रको परम्परागत र दासी प्रथाविरुद्ध मेरो उम्मेदवारी'

राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा नेताहरू कसरी नेतृत्वमा पुग्ने भन्ने होडबाजीमा छन् । अध्यक्षमा कमल थापालाई राप्रपाबाट हाल एकमात्र संघीय सांसद रहेका राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । 

तोकिएभन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

तोकिएभन्दा बढी र फरक प्रतिनिधिहरु आएपछि राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । जिल्लाले पठाएका भन्दा फरक व्यक्ति प्रतिनिधि बनेर आएपछि अवरुद्ध भएको हो । 

नेतृत्वमा दुई कार्यकाल मात्रै

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संशोधन गरेको छ । यससँगै एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ । काठमाडौंमा बुधबार सुरु महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो ।

गोला प्रक्रियाबाट गठित इजलास पहिलो दिन नै प्रभावित

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएका इजलासहरू पूर्ण रूपमा सञ्चालन हुन सकेनन् । कोभिड संक्रमित भएर अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि इजलासहरू प्रभावित भएका हुन् । 

राप्रपामा होडबाजी : थापा र लिङ्देन को बढी राजावादी ? 

संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबार सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धीहरू कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् ।

अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि सुरु काठमाडौंमा सुरु भएको एकता महाधिवेशनसँगै उम्मेदवारी घोषणाको क्रम सुरु भएको छ ।

अब पार्टीमा यो वा त्यो बाहनामा विभाजनको रेखा कोर्नु हुँदैन: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनेर अघि बढ्ने प्रतिज्ञा गर्नुपर्ने बताएका छन् ।

राप्रपा महाधिवेशनमा माधव नेपालले भने- परिवर्तनको गतिलाई पछाडि नधकेलौं

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनलाई रोक्न नसकिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै राजनीतिक दलहरूले जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर अघि बढ्न सुझाव दिएका हुन् ।

नेपालमा जति पार्टी कम भए त्यति राम्रो : प्रधानमन्त्री देउवा 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् । राप्रपाको बुधबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।' 

न्यायालयमा देखिएको बिडम्बनाको जिम्मेवार कोही छैन जस्तो देखियो : पूर्वप्रधानमन्त्री चन्द

सर्वोच्च अदालतमा देखिएको विवादबारे मुलुक सञ्चालक गरिरहेका नेताहरू जिम्मेवार नदेखिएको भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले असन्तुष्टि जनाएका छन् ।