तोकिएभन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राप्रपा महाधिवेशन

तोकिएभन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — तोकिएभन्दा बढी र फरक प्रतिनिधिहरु आएपछि राप्रपाको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । जिल्लाले पठाएका भन्दा फरक व्यक्ति प्रतिनिधि बनेर आएपछि अवरुद्ध भएको हो । 


सर्लाहीबाट फरक फरक समूह, ललितपुरबाट तोकिएकभन्दा बढी प्रतिनिधि आएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो । भक्तपुरबाट प्रतिनिधिहरु छनोट नै नभई महाधिवेशन प्रतिनिधि भन्दै निर्वाचन प्रक्रियामा भाग लिन खोजेका थिए ।

७७ वटै जिल्लाबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको छानबिन भइरहेको निर्वाचन समितिका सदस्य राजु बस्‍नेतले जानकारी दिए । 'केही जिल्लामा विवाद भएपछि जिल्लाले पठाएको विवरण र महाधिवेशन प्रतिनिधिको विवरण रुजु भइरहेको छ, ' बस्नेतले भने,'विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ ।'

राप्रपाको पूर्वा निर्धारित समय तालिका अनुसार बुधबार मतदाता नामावली प्रकाशन, बिहीबार उम्मेदवारको मनोनयन दर्ता र शुक्रबार मतदान हुने मिति तोकिएको थियो । राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय तोकिएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

कोठामा आगो बाल्दा र ग्यास गिजरको प्रयोग गर्दा होसियार हुनुस्, नत्र ज्यानै जाला !

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार बेलुका लेखक यादव देवकोटाले आफ्नो छोरीको साथीको बाथरुममा गिजर चलाएर नुहाउँदा बेहोस भएको र अस्पताल पुर्‍याउँदा मृत घोषित गरिएको भन्दै ट्वीटरमा पोस्ट लेखेका छन् । यससँगै हरेक वर्ष जाडोयाममा बन्द कोठा भित्र आगो बाल्दा निसास्सिएर मृत्यु भएका खबरहरु आउन थालेका छन् ।

मंगलबार मात्रै दोलखामा नवजात शिशुसहित एकै परिवारका ३ जनाको निसास्सिएर मृत्यु भएको थियो । चिसोबाट जोगिन कोइला बालेर सुत्दा श्रीमान्-श्रीमती र ५ दिने शिशुको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै दुई वर्ष अघि मकवानपुरको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा निसास्सिएर ८ भारतीय पर्यटकको मृत्यु भएको थियो । निस्सासिएर भारतको दक्षिणी राज्य केरलाका चार बालकसहित ८ जनाको मृत्यु भएको थियो। चिसोका कारण उनीहरूले रिसेप्सनमा बलिरहेको ग्यास हिटर कोठामा लगेका थिए । कोठामा अक्सिन अभावले उनीहरूको निस्सासिएर मृत्यु भएको थियो ।

जाडोमा कोठालाई न्यानो बनाउन झ्याल-ढोका थुनेर आगो बालेर सुत्दा वा तातोपानीले नुहाउन बाथरुममा गिजर बालेकै कारण 'कार्बनमोनोअक्साइड पोइजनिङ'का कारण धेरैको मृत्यु नै हुने गरेको देखिन्छ भने केहीलाई समयमै उद्धार गरेर अस्पताल पुर्‍याउन सक्दा ज्यान जोगिएको पनि छ । चिकित्सकहरु चिसोमा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा बाथरुममा गिजर बालेर नुहाउँदा पर्याप्त मात्रामा स्वच्छ हावा आवतजावत गर्नका लागि झ्याल, ढोका वा भेन्टिलेसन खुला राख्न सुझाव दिन्छन् ।

ग्यास गिजर, हिटर वा मकलको प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बनडाइअक्साइडको मात्रा बढ्छ । अक्सिजनको अभाव भएसँगै सोही क्रममा कार्बनमोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बनमोनोअक्साइड अत्याधिक भएको स्थानमा धेरैबेर बस्दा मानिसको मृत्यु हुने गर्छ ।

तसर्थ हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । कार्बनमोनोअक्साइड विषाक्तताबाट पीडित सबैजसोमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिने गर्छ । यो लक्ष्ण देखिएको केहीबेरमा पनि स्वच्छ हावामा ननिस्किए बेहोस नै भइन्छ र समयमा उद्धार नभए ज्यान जाने छातिरोग विशेषज्ञहरुले बताए ।

कार्बनमोनोअक्साड पोइजनिङका लक्षण :

  • टाउको दुख्ने
  • वाकवाकी लाग्ने
  • रिंगटा लाग्ने
  • झुम्म वा बेहोस नै हुने


कसरी जोगिने?

  • ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने।
  • पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने।
  • सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने।


प्रकाशित : मंसिर १६, २०७८ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×