राप्रपाको मतदान सुरु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राप्रपा महाधिवेशन

राप्रपाको मतदान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ । 'मतदानका लागि ८६ वटा इभिएमको प्रयोग गरेका छौ' रामलक्ष्मण इनोभेसन्सका लक्ष्मण रिमालले भने । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न आधा घण्टा लाग्ने उनले बताए । ४ हजार ३ सय ८० प्रतिनिधि रहेको राप्रपामा मतदान सकिन कम्तिमा २४ घण्टा लाग्ने सक्ने छ ।

नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादव रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेना र महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवार रहेका छन् ।

आदिवासी जनजातितर्फ १४ पदका लागि ३० जना उम्मेदवारी परेको छ । मुस्लिम ३ पदाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला खुला ४७ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । ११ मधेशी केन्द्रीय सदस्यमा २० जनाको उम्मेदवारी परेको छ । प्रवास २ सदस्यका लागि ४ जना, उत्पीडित ३ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कर्णाली तथा पिछडिएको क्षेत्रमा २ केन्द्रिय सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।


तस्बिरहरू : कविन अधिकारी/कान्तिपुर

यस्तै, खुला महिला ४७ स्थानका लागि ७२ र खुला ५७ मा १ सय १३ जनाको उम्मेदवारी परेको आयोजक कमिटीका सदस्य भरत पाठकले बताए । महाधिवेशनमा ४ हजार ३ सय ८० जना प्रतिनिधिहरु सहभागी रहेका छन् ।

रामदुलारी निर्विरोध

केलालीका रामदुलारी चौधरी थारु कोटाबाट निर्विरोध निर्वाचित भएकी छन् । थारु समुदायका क्लष्टरका लागि दुई स्थान सुरक्षित गरेको भएपनि रामदुलारीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयुक्त बस्नेतले बताए ।

प्रकाशित : मंसिर १८, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा हुने संक्रमणजन्य रोग सम्बन्धी सम्मेलनमा नोबेल विजेता योनाटले सम्बोधन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा आयोजना हुने तेस्रो संक्रमणजन्य रोग तथा नानोमेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा नोबेल पुरस्कार विजेता इडा योनाटले सम्बोधन गर्ने भएकी छन् ।

सम्मेलनमा सन् २००९ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार जितेकी योनाट मुख्यवक्ताको रुपमा रहनेछिन् । उनी इजरायलको विश्वप्रसिद्ध वाईजम्यान इन्ष्टिच्युट अफ साईन्ससँग सम्बन्धित छिन् ।

यस्तै खोप सम्बन्धी वैज्ञानिक पिटर होटेजले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । होटेज ओबामा सरकारको पालामा (सन् २०१४-२०१६) खोप सम्बन्धी सामन्जस्यता गर्न मध्यपूर्व र उतर अफ्रिका लागि विशेष दूत, ह्युस्टन टेक्सासमा अवस्थित बेलर कलेज अफ मेडिसिनमा कार्यरत छन् ।

मंसिर २९ देखि पुस ३ हुने अन्तर्राष्ट्रिय सम्मेलन कोरोना महामारीका कारण भर्चुअल हुने आयोजक कमिटीका सहसंयोजक सन्तोष थापाले बताए । 'योनाटले सम्मेलनमा एन्टी बायोटिकको जथाभावी प्रयोगले उत्पन्न गर्न जोखिमको बारेमा बोल्नु हुनेछ' थापाले भने ।

नेप्लिज फोरम फर मेडिकल माइक्रोबायोलोजी, नेपाल पोलिमर इन्ष्टिच्युट र चाइनीज एकेडमी अफ साइन्स, इन्ष्टिच्युट अफ माइक्रोबायोलोजी अन्तर्गत विश्व प्रसिद्ध क्यास-ट्वास सेन्टर अफ एक्सिलेन्स फर बायोटेक्नोलोजीको संयुक्त आयोजना तथा बेलायतको लन्डनस्थित सोसाईटी फर एप्लाइड माइक्रोबायोलोजीको सहयोगमा संक्रमणजन्य रोग र नानोमेडिसिन सम्बन्धी उक्त वैज्ञानिक सम्मेलन हुन लागेको हो।

सम्मेलनमा माक्रोबायोलोजी, संक्रमणजन्य रोग, सरुवा रोग, इपिडेमियोलोजी, पब्लिक हेल्थ, फार्मेसी, मोलेक्युलर बायोलोजी, बायोटेक्नोलोजी, मेडिसिनल केमेष्ट्रि, पोलिमर/माटेरियल साइन्स, तथा अतिसुक्ष्म प्रविधि (नानोटेक्नोलोजी) को औषधि विज्ञानमा गरिने अत्याधुनिक प्रयोग–नानोमेडिसिन सम्बन्धी अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन् ।

'सम्मेलनमा कोरोना-१९ महामारी सम्बन्धी विशेष सत्रसमेत संचालन हुनेछ' उनले भने । सम्मेलनमा इजरायल, अमेरिका, क्यानाडा, बेलायत, चेक गणतन्त्र, जर्जिया, दक्षिण अफ्रिका, केन्या, अस्ट्रेलिया, मंगोलिया, चीन, हङकङ, भारत, पाकिस्तान, नेपाल लगायत मुलुकहरूबाट दर्जनौं वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता, विद्यार्थीको सहभागिता रहनेछ ।

प्रकाशित : मंसिर १८, २०७८ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×