![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दैछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/politics/raprapa-pics-01122021080838-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार राप्रपा अध्यक्षको उम्मेदवार हुनेले एक लाख रुपैयाँ उम्मेदवारी दर्खास्त दस्तुत तिर्नु पर्ने हुन्छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै केन्द्रीय उपाध्यक्षको उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार, केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको छ । महाधिवेशनले १ सय ९४ जना केन्द्रीय कार्यसमिति चयन गर्ने छ । उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यले बताए ।
राप्रपाको महाधिवेशन प्रतिनिधि विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझदेखि सुरु भएको छ । शुक्रबार निर्वाचन हुने भनिए पनि विवाद प्रतिनिधि विवाद टुङ्ग्याउन ढिलाई भएपछि मतदाता नामावली बिहीबार साँझ मात्रै सार्वजनिक गरिएको छ । बस्नेतका अनुसार निर्वाचन प्रक्रिया शनिबार मध्याह्नबाट मात्रै सुरु हुनेछ । उम्मेदवारको मनोनयन भने शुक्रबार हुने उनले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)