राप्रपा महामन्त्रीमा राणा विजयी

मंसिर १९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् । 

मत परिणाम केहीबेरमा घोषणा गरिने उनले जानकारी दिए ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । राप्रपाको पहिलो एकता महाधिवेशनमा लिङ्देन र राणाले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । राणा नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् भने अध्यक्षमा निर्वाचित लिङ्देन संघीय सांसद हुन् । 

यस्तै, राप्रपा अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

राप्रपा महाधिवेशन

कान्तिपुर

Link copied successfully