राप्रपा महामन्त्रीमा राणा विजयी- समाचार - कान्तिपुर समाचार

राप्रपा महामन्त्रीमा राणा विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा महामन्त्री धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार राणा महामन्त्री पदमा विजयी भएका हुन् । 

मत परिणाम केहीबेरमा घोषणा गरिने उनले जानकारी दिए ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । राप्रपाको पहिलो एकता महाधिवेशनमा लिङ्देन र राणाले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । राणा नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् भने अध्यक्षमा निर्वाचित लिङ्देन संघीय सांसद हुन् ।

यस्तै, राप्रपा अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस गण्डकीमा पौडेल समूहका शर्मा विजयी

लालप्रसाद शर्मा

पोखरा — कांग्रेस गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शुक्रराज शर्मा विजयी भएका छन् । उनले संस्थापन देउवा पक्षका अर्जुनप्रसाद जोशीलाई ८४ मतले पराजित गरे । विजयी शर्माले ६ सय १२ मत पाए भने जोशीले ५ सय २८ मत पाए ।

यसैगरी एक उपसभापतिमा बाहेक अन्य पदाधिकारीमा शर्मा प्यानलका विजयी बने । संस्थापन पक्षका मेखलाल श्रेष्ठलेमात्र उपसभापतिमा जिते । शर्मा प्यानलकी कल्पना तिवारीले उपसभापतिमा जितिन् । महामन्त्रीमा शर्मा प्यानलकै विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारे । यसैगरी ३ सहमहामन्त्रीमा शर्मा प्यानलका कोपीला रानाभाट, रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले विजयी हासिल गरेका छन् ।

पौडेल समूहबाट सभापतिमा आकांक्षी बढी भएपछि पार्टी महामन्त्री शशांक कोइरालासमेतको छलफलपछि शर्मालाई एकल उम्मेदवार बनाइएको थियो । अन्यत्र जस्तै गण्डकीमा पनि संस्थापन देउवा पक्ष र इतरको पौडेल पक्षधर प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

शनिबार भएको मतदानको आइतबार बिहान मतगणना सकिएको थियो । एक हजार एक सय ६५ मतदातामध्ये एक हजार एक सय ४६ मत खसेको थियो । सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । २०४८, २०५१ र २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी भए पनि उनी पराजित बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत भएका उनी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×