१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
राप्रपा महाधिवेशन

मतदान सकिन मध्यरातसम्म लाग्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि परम्परागत शैलीमा र बाहेकका पदमा विद्युतीय मतदान भइरहेको हो ।

मतदान सकिन मध्यरातसम्म लाग्ने

शनिबार बिहान ढिला गरी सुरु गरेका कारण मतदान सकिन मध्यरातसम्म लाग्ने भएको छ । ‘एक जनालाई मतदान गर्नै आधा घण्टा लाग्छ । अहिलेसम्म २२ सयले मात्रै मतदान गरेका छन्,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । महाधिवेशनमा ४ हजार ३८० जना प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।

मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्दा मतदान कार्य रातिसम्म लाग्ने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । मतदानमा ८६ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

मतगणना सकिएको चार घण्टाभित्र परिणाम आइसक्नेछ । राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, १४१ पदका लागि २७० जना उम्मेदवार छन् ।

राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित : मंसिर १८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?