अब पार्टीमा यो वा त्यो बाहनामा विभाजनको रेखा कोर्नु हुँदैन: थापा

मंसिर १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनेर अघि बढ्ने प्रतिज्ञा गर्नुपर्ने बताएका छन् ।

 राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता थापाले पार्टीमा अब कुनै पनि बाहनामा एकले अर्काप्रति नकारात्मक सोच राख्ने र विभाजनको रेखा कोर्ने काम कसैले पनि गर्न नहुने बताए ।

‘यो हाम्रो एकता महाधिवेशन हो । अब पार्टीलाई एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्दछ, अब कुनैपनि बाहनामा हामीले नयाँ, पूरानो, यो वा त्यो भनेर कुनैपनि बाहनामा विभाजनको रेखा कोर्नुहुदैन,’उनले भने ।

राप्रपा महाधिवेशन

कान्तिपुर

Link copied successfully