राप्रपा महाधिवेशनमा माधव नेपालले भने- परिवर्तनको गतिलाई पछाडि नधकेलौं


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनलाई रोक्न नसकिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै राजनीतिक दलहरूले जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर अघि बढ्न सुझाव दिएका हुन् ।

'जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्नुस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौँ । इतिहास अगाडि बढिसक्यो । इतिहास पछाडि जाँदैन,’ उनले भने, ‘त्यसैले तपाईंहरू पनि परिवर्तनको संवाहक बन्नुस् ।’
उनले नेपालका राजनीतिक दलहरूमा राष्ट्रियता, लोकतन्त्र र सामाजिक परिवर्तन तथा सामाजिक न्याय र समानताका विषयहरू ब्राण्ड बनेर रहेको बताए । ‘जसले यी ब्राण्डमा काम गरेका छन् । जसले यी एजेन्डा बोकेका छन्, ती राजनीतिकहरूले समाजमा प्रभाव राखेका छन्,’ उनले भने ।
प्रकाशित : मंसिर १५, २०७८ १५:१६