१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा जति पार्टी कम भए त्यति राम्रो : प्रधानमन्त्री देउवा 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् । राप्रपाको बुधबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।' 

नेपालमा जति पार्टी कम भए त्यति राम्रो : प्रधानमन्त्री देउवा 

देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको बताए । एमालेको महाधिवेशन भर्खरै सकिएको र कांग्रेसको महाधिवेशन आउँदै गरेको उल्लेख गर्दै देउवाले भने, 'सबै राजनीतिक दल महाधिवेशन गरिरहेका छन्, अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।'

प्रकाशित : मंसिर १५, २०७८ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?