राप्रपा पदाधिकारीमा थापा प्यानलको वर्चस्व- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा पदाधिकारीमा थापा प्यानलको वर्चस्व

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा कमल थापा समूहको वर्चस्व देखिएको छ । अध्यक्षमा कमल थापा पराजित भएपनि उनको प्यानलबाट उठेका उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् ।

यस्तै, महिला महामन्त्रीमा थापा समूहबाट कुन्ती शाही विजयी भइन् । लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् ।

यस्तै,अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्गदेनको समूहबाट महामन्त्रीमा उठेका धवलशमशेर राणा विजयी भए । यस्तै, थापा प्यानलका भुवन पाठक पनि महामन्त्रीमा निर्वाचित भए ।

उपाध्यक्षमा विक्रम पाण्डे निर्वाचित भए । पाण्डे दुवै प्यानलमा थिए । दुवै पक्षले आफूलाई समावेश गरे पनि पाण्डे चुनावी प्रचारप्रसारका क्रममा लिङ्देन समूहमा देखिएका थिए ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका किसानले मागे ७७ सय रोपनीको क्षतिपूर्ति

कान्तिपुर संवाददाता

काठमाडौं — हाइब्रिड ‘डीवाई २८’ जातको धानबाट पीडित किसानले ७ हजार ७ सय रोपनी क्षेत्रफलको क्षतिपूर्ति मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका पालिकामार्फत ‘डीवाई–२८’ जातको धानको बीउका कारण बाला नलागेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन क्षतिको विवरण मागिएको थियो ।

पालिकामार्फत उपत्यकाका किसानले ७ हजार ७ सय रोपनी क्षेत्रफलको क्षतिपूर्ति मागेको बीउबिजन गुणस्तर अनुसन्धान केन्द्र प्रमुख एवं राष्ट्रिय बीउबिजन समितिका सदस्य सचिव बेनुप्रसाद प्रसाईंले पुष्टि गरे । ‘आकलन गरेभन्दा धेरै नै क्षतिको विवरण प्राप्त भएको छ, वास्तविक/प्रभावित किसान हुन्/होइनन् भन्नेबारे पालिकाहरूसँग छलफल गर्दै छौं,’ उनले भने ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ‘डीवाई–२८’ जातको धान बालीमा दाना नलागेको सन्दर्भमा किसानको गुनासो आएको थियो । यसपछि कात्तिक १५ मा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा केन्द्र प्रमुख बेनुप्रसाद प्रसाईंको अध्यक्षतामा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, डीवाई–२८ जातको धान आयातकर्ता काष्ठमण्डप ट्रेड प्वाइन्टका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले किसानलाई क्षतिपूर्ति/राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार बीउ बिक्रेता ‘काष्ठमण्डप ट्रेड प्वाइन्ट’ले किसानलाई प्रतिरोपनी २ हजार २ सय ५० रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय भएको केन्द्रले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×