कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

क्षतिपूर्ति माग्दै छिन्चु-जाजरकोट सडक खण्ड अवरुद्ध

सुर्खेत — सर्पले टोक्दा मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन् ।

क्षतिपूर्ति माग्दै छिन्चु-जाजरकोट सडक खण्ड अवरुद्ध

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका ९ वर्षीय अनमोलबहादुर चुनाराको उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर ल्याउने क्रममा शनिबार बोटोमा मृत्यु हुँदा आफन्तले सडक अवरुद्ध गरेका हुन् । सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरेपनि अस्पतालले नसक्ने भन्दै अस्पतालले सुर्खेत रेफर गरेको थियो । बाटोमै बालकको मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोड समेत गरेका थिए ।

सोमबार बिहानैदेखि आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अस्पताल प्रशासन, आफन्त र जनप्रतिनिधिबीच वार्ताको प्रयास भइरहेको बताए ।

यातायात अवरुद्ध पछि विभिन्न जिल्लाबाट रुकुम, सल्यान जाजरकोट र डोल्पा जाने सवारीसाधनहरू अलपत्र परेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×