कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादी केन्द्रको संसदीय दल बैठक

ज्योति कटुवाल

सुर्खेत — राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत अगाडि बढाउने निर्णय लिन कर्णालीका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले बैठक बोलाएका छन् ।

कर्णालीका मुख्यमन्त्रीले बोलाए माओवादी केन्द्रको संसदीय दल बैठक

हिजो सरेको विश्वासको मत आज लिनु पर्नेछ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्ने अडान छोडेका छैनन् तर, एमालेले भने मानेको छैन ।

मुख्यमन्त्री शर्माका अनुसार संवैधानिक प्रक्रिया रोक्न नमिल्ने भएकाले संसदीय दलको बैठकले बोलाएको हो । प्रदेशसभाको बैठक ३ बजेका लागि बोलाइएको छ ।


प्रकाशित : चैत्र २१, २०८० १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×