कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

अतिक्रमण गरी बनाएको बस्तीमा 'हाइटेक नर्सरी'

रुपा गहतराज

नेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा हाइटेक नर्सरी निर्माण गरिएको छ । सुकुम्बासीहरूले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको हो ।

अतिक्रमण गरी बनाएको बस्तीमा 'हाइटेक नर्सरी'

डेढ बिगाहा सरकारी जग्गामा मुक्त कम्लहरीको बस्ती बसेको थियो । उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमुना केसी, सोही वडाका वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेता र प्रहरी प्रशासनको रोहवरमा फुकुवा गरी ३० लाख ३४ हजारको लागतमा डिभिजन वन कार्यालयले हाइटेक नर्सरी निमार्ण गरेको शम्शेरगञ्ज सबडिभिजन वन कार्यालय बाँकेका प्रमुख सुशील सुवेदीले बताए ।

पन्ध्र वर्षपछि कब्जा फुकुवा गरिएको उक्त सरकारी जग्गामा निर्माण गरिएको हाइटेक नर्सरीमा ‘जर्मिनेसन’ र ‘ग्रिनहाउस’ गरी दुई वटा ‘च्याम्बर’ बनाइएको सव-डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले सुनाए ।

जर्मिनेसन च्याम्बरमा तीन भाग र ग्रिन हाउस च्याम्बरमा चार भाग बनाएर उक्त नर्सरीमा ३० देखि ४० हजार बिरुवा उमार्न सकिन्छ ।

प्रकाशित : श्रावण १२, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×