कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

महेश केसी

रुकुम पूर्व — मध्यपहाडी राजमार्गको रुकुम पूर्वस्थित रानीकोटमा पहिरो झर्दा आवागमन अवरुद्ध भएको छ । सिस्ने गाउँपालिका–६ मा पर्ने निर्माणाधीन रानीकोट–खोपिचार सडक खण्डमा गएराति पहिरो झरेपछि सवारी साधन रोकिएका छन् ।

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

रुकुम पश्चिमबाट रुकुमपूर्व, बागलुङ, पोखरा अनि काठमाडौंतर्फ रुकुम पूर्वबाट पश्चिम, दाङ, नेपालगञ्ज, सुर्खेतआदि स्थानतर्फको आवतजावत ठप्प भएको छ ।

बिजुलीका तार–पोलसमेत पहिरोमा परेका कारण पश्चिमतर्फबाट आएको राष्ट्रिय प्रसारण लाइनमा समेत असर पर्दा जिल्लाको विद्युत् पनि हिजो रातिदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

प्रजिअ शर्माले भने, ‘बाटो खोल्नका लागि बिहानैदेखि डोजरले काम गरिरहेको छ । थप पहिरो झरेन भने अपराह्नसम्म बाटो सञ्चालन हुनसक्छ ।’

प्रकाशित : श्रावण १०, २०८१ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×