कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राप्ती नदीमा बगेर एक जना बेपत्ता

दाङ — राप्ती नदीमा आएको बाढीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । लमही नगरपालिका-७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा बेपत्ता भएका छन् ।

राजपुर-२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको छ । उनीहरुसँगै रहेका १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए ।

तीन जनासँगै रहेपनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रुखमा चढेर सुरक्षित भएका थिए ।

सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्धार गरेको थियो ।

प्रकाशित : असार २२, २०८१ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×