कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अत्यधिक गर्मीले गुलरियाका विद्यालय तीन दिन बिदा

कमल पन्थी

बर्दिया — अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै गुलरिया नगरपालिकाले नगर भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने जनाएको छ । जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए ।

अत्यधिक गर्मीले गुलरियाका विद्यालय तीन दिन बिदा

गर्मी बढ्दै गएमा बिदाको समय लम्ब्याइने शिक्षा शाखा प्रमुख यादवले बताए । उनले भने, 'गर्मी बिदालाई वर्षायाममा दिँदै आएको बिदाबाट मिलान गरिने छ । वर्षायाममा हरेक वर्ष बिदा दिने गरिन्छ । जिल्लामा दिउँसोको तापक्रम ४२ डिग्रीदेखि ४३ डिग्रीसम्म पुग्ने गरेको छ । जस्ता पाता र पक्की छत तातिने गर्दा विद्यार्थीलाई पढने वातावरण नभएको शिक्षकहरू बताउँछन । विद्यालय गर्मीले बालबालिका निकै प्रभावित भएको चिकित्सकले बताए ।

जिल्ला अस्पताल बर्दियाका बाल विशेषज्ञ डाक्टर विश्वनाथ शाहले उपचारका लागि आउने मध्ये ६० प्रतिशत बालबालिका टाउको दुःख्ने,ज्वरो आउने,झाडा पखालाका बिरामी आउने गरेको बताए । अस्पतालमा बिरामीको चाप बढेको छ,' उनले भने, 'हाल बहिरंग सेवामा दैनिक ३ सयदेखि ३ सय ४० जना बिरामी आउने गरेका छन् ।,अत्याधिक गर्मीले दिउँसो सडक सुनसान जस्तो छ । बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म तातो हावा र उम्सोले जनजीवन प्रभावित भएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×