मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पुन: मन्त्रीको पदभार ग्रहण गरेका छन् । केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/bhandarilal-0652024093315-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
चैत २३ गते विनाविभागीय मन्त्री बनेका उनलाई वैशाख ६ गते मुख्यमन्त्री महराले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएको तीन दिनमा ९ गते पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।
महराको नेतृत्वमा सरकार गठन गर्दा चैत २२ गते जसपालाई दुई मन्त्रालय दिने ७ बुँदे लिखित सहमति भएको थियो । वैशाख ६ गते सात सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा जसपाबाट थप एक जना मन्त्री नथपिएपछि सहमति मुख्यमन्त्रीले पालना नगरेको भन्दै अहिरले पदबाट राजीनामा दिएका थिए ।
बाँके निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित अहिले पदभार ग्रहणपछि मन्त्रायलाई बन्धक बनाइ राख्न नहुने भएकोले शपथ ग्रहण गरेर काममा लागेको बताए । अहिरले मन्त्री पदबाट राजीनामा दिएपनि मुख्यमन्त्री महराले स्वीकृत गरेका थिएनन् ।
`म अशोक राई नेतृत्वमा रहेको पार्टीबाट मन्त्री बनेर पदभार ग्रहण गरेको छु,' उनले भने, `एउटै जिल्ला बाँकेबाट ३ जना सांसद छौं, हामी सबै एकैठाउँमा छौं ।'
अहिरले पदभार ग्रहण गरेपछि १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)