कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८१

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

सुवास विडारी

मकवानपुर — अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गर्मीका कारण हेटौंडामा २ दिन विद्यालय बन्द

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । ‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध आएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी विद्यालय बन्द रहने व्यहोरा अनुरोध छ’, सूचनामा भनिएको छ ।


प्रकाशित : जेष्ठ ३०, २०८१ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×