कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

आप्रवासन मुद्दा लिएर १५६ पालिका पुग्यो डिप्रोक्स 

काठमाडौँ — सुरक्षित आप्रवासन सामी कार्यक्रमको तेस्रो चरणमा ३८ जिल्लाका १ सय ५६ पालिकामा २ हजार ३ सय ९९ वटा वित्तीय साक्षरता कक्षा सकिएका छन् । नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा सुरक्षित आप्रवासन सामी कार्यक्रम चलिरहेको छ ।

आप्रवासन मुद्दा लिएर १५६ पालिका पुग्यो डिप्रोक्स 

सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता सम्भागमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदार संस्थाका रूपमा सन् २०१९ देखि काम गर्दै आएको जनाइएको छ । विशेषगरी वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घरपरिवारका सदस्यलाई लक्ष्य गरी २१ साताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्दै आएको छ । वित्तीय साक्षरता कक्षामा ५८ हजार ६ सय ९४ महिला र १ हजार १९९ पुरुष गरी कुल ५९ हजार ८९३ सहभागी थिए । सामी कार्यक्षेत्रबाहेक एउटा स्थानीय तहका १ सय ८४ जनालाई पनि वित्तीय साक्षरता कक्षा पूरा गरिएको हो ।

सन् २०१८ देखि २०२४ सम्म सञ्चालित तेस्रो चरणको कार्यक्रमको डिप्रोक्स नेपालको वित्तीय साक्षरता परामर्श बैठक आइतबार सकिएको छ । बैठकमा डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालले सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता सम्भागको हालसम्मको उपलब्धि र सिकाइ तथा स्थानीय तहले तयार गरेको रणनीतिबारे जानकारी गराइएको डिप्रोक्सले जनाएको छ । सामी कार्यक्रमअन्तर्गत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा दलित २३.६८, जनजाति ४३.७९ र मधेसी १२.३२ प्रतिशत सहभागी थिए ।

कुल दलित, जनजाति, मधेशी र सीमान्तकृतको सहभागिता ७९.७९ प्रतिशत रहेको रिजालले बताए । ‘औपचारिक वित्तीय संस्थाबाट विप्रेषण प्राप्त गर्ने सहभागी ९९.७२ प्रतिशत छन्, जुन आधार रेखा सर्वेक्षणमा ६६ प्रतिशत थियो,’ उनले भने, ‘नियमित बचत गर्ने, औपचारिक वित्तीय संस्थामा खाता खोल्ने, आम्दानी तथा खर्चको हिसाब राख्ने तथा आकस्मिक कोषको स्थापना गर्ने सहभागीको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।’ ६१ प्रतिशत सहभागीले विदेश जाँदा लिएको पूरै ऋण तिरिसकेका छन् भने जीवन बिमा कार्यक्रममा सहभागिता जनाउने सहभागीको प्रतिशत ११.२१ अंकले वृद्धि भएको रिजालको भनाइ छ ।

कार्यक्रममा सहभागी हुनुअघि ०.५४ प्रतिशतले गरेको व्यवसाय तथा ४.३० प्रतिशतले गरेको व्यवसाय विस्तार कार्यक्रममा सहभागितापछि ३.१० प्रतिशतले व्यवसाय प्रारम्भ तथा १२.९१ प्रतिशतले विस्तार गरेको रिजालले बताए । वित्तीय साक्षरतालाई स्थानीय तहमा मूल प्रवाहीकरण गर्न गरिएको प्रयासस्वरूप २१ वटा पालिकाले आफ्नो वित्तीय साक्षरता रणनीति तयार गरेका छन् । थप ५ पालिकामा निर्माणको प्रक्रियामा रहेको रिजालले जनाए ।

स्विस सरकार विकास सहयोग एसडीसीका तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ । कार्यक्रमको पहिलो र दोस्रो चरण सन् २०११ देखि २०१८ सम्म सञ्चालन भई सम्पन्न भएको हो । तेस्रो चरण १६ सेप्टेम्बर २०१८ देखि १५ जुलाईसम्म चल्नेछ ।

प्रकाशित : असार १९, २०८१ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×