कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजा तालिम 

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषा सिकाइएको छ । नेवा मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजा लगायतका नेवारी संस्कार र संस्कृतिबारेमा प्रशिक्षण दिइएको हो ।

खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजा तालिम 

नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीलाई तालिम दिइएको हो । नेवा मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यका अनुसार नेवारी संस्कृतिमा हरेक कामको सुरुवात गर्न अघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँडीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको हो ।

पुरानो पुस्ताले नयाँ पुस्तालाई नेवारी संस्कृतिका सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न आयोजना गरिएको बताइन् । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने उनको भनाइ छ । अहिले १२ वर्षदेखि २५ वर्षसम्मका नेवार समुदायलाई प्रशिक्षण दिइएको हो ।

धिमे नेवार समुदायमा सबैभन्दा बढी प्रचलित बाजा हो । यो बाजा नेवार समुदाय विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाउँछन् ।

प्रकाशित : श्रावण १२, २०८१ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×