कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कान्तिपुर हाफ म्याराथनको रौनक [तस्बिरहरू]

प्रकाशचन्द्र तिमिल्सेना, हेमन्त श्रेष्ठ, दीपक केसी

काठमाडौँ — १२ औं संस्करणको कान्तिपुर हाफ म्याराथन सम्पन्न भएको छ । शनिबार कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको हाफ म्याराथन थापाथलीबाट सुरू भएको थियो । कान्तिपुर हाफ म्याराथन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले हात पारे ।

‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

यस्तै मिङमार सिन्जी तामाङ र सुशन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् भने विकेश घिमिरे र कृपा अधिकारीले कर्पोरेट रन जितेका छन् । रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि कान्तिपुर हाफ म्याराथनको ह्विलचेयरतर्फ विजेता बन्न सफल भए ।

कान्तिपुर हाफ म्याराथन २०६७ सालदेखि आयोजना हुँदै आएको छ ।


प्रकाशित : जेष्ठ ५, २०८१ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्