२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

चिवाभन्ज्याङमा होमस्टे

जिल्लाको सुदूर उत्तरी कुनोमा पर्छ– चिवाभन्ज्याङ । ३२ सय मिटरको उचाइको यो ठिही बिन्दुमा राज्यको उपस्थिति भनेको सशस्त्र प्रहरीको बोर्डर पोस्ट (बीओपी) छ कि हिमाल बेघाको होमस्टे । 

दाङको टहडामा पहिरो जाँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा दाङको गढवा गाउँपालिका टहडामा पर्ने पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । बिहानैदेखि गएको पहिरोले सयौं सवारी साधन जाममा परेका छन् भने दसैंका लागि घर जाने र घरबाट फर्किने यात्रुहरू अलपत्र परेका छन् ।

यसरी जल्यो भृकुटीमण्डपको ह्वील चेयर गोदाम

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा बुधबार अपराह्न आगलागी भयो । आगोबाट गोदाममा रहेका अरु पनि सामान नष्ट भएका छन् । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

फोटो पत्रकारको कीर्तिमानी खुसी [फोटोफिचर]

फोटोपत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरेसँगै नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन् ।

बानेश्वरमा भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय

बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

एमसीसीको विरोधमा संसद्‌ भवन अगाडि जे देखियो [२५ तस्बिरहरु]

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर, बिजुलीबजार क्षेत्र आइतबार दिनभरजसो तनावग्रस्त बन्यो । सरकारले प्रतिनिधिसभामा एमसीसीसँगको सम्झौता टेबुल गरेको विरोधमा सत्तारुढ माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका भ्रातृ संगठनहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीबीच झडपले त्यस क्षेत्रमा यातायातका साधन चल्न सकेनन् ।