हेमन्त श्रेष्ठ

हेमन्त श्रेष्ठका लेखहरु :

प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता प्रहरी नियन्त्रणमा [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका डेढ दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यबानेश्वरमा बुधबार दिउँसो विरोध प्रदर्शनका लागि कपाल मुन्डन गर्ने क्रममा कम्तीमा १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

२६ नेपाली लिएर काठमाडौं आयो म्यानमार एयर फोर्सको विमान

म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् । शुक्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो ।

यस्तो छ लकडाउनमा काठमाडौं उपत्यकाको अवस्था [तस्बिरहरु]

काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिएपछि सरकारले लकडाउनलाई अझै कडा बनाउँदै लगेको छ । जसकारण उपत्यकाका अधिकांश मुख्य सडक क्षेत्र सुनसान बनेको छ । तर केही ठाउँमा धुले सडकमा युवाहरु क्रिकेट खेलिरहेका भेटिए भने कीर्तिपुरको त:ननीमा महिलाहरु पानीको जोहो गर्न लाइनमा बसिरहेका थिए । नागरिकको सुरक्षाका लागि भन्दै सरकारले चैत ११ देखि लकडाउन जारी राखेको छ । यस अवधिमा केही सर्वसाधारण विभिन्न कारणले सडकमा निस्किरहेका छन् ।

१३ तस्बिरमा हेरौं, हुस्सुमा उपत्यकावासी

उपत्यकासहित मुलुकका विभिन्न भागमा आज (शनिबार) भने मौसमम सुधार देखिएको छ । केही स्थानमा छिटफुट वर्षा र हिमपातबाहेक मौसम सुधार हुँदै गइरहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान शाखाले जनाएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशैभर बिहीबार साँझदेखि र शुक्रबार साँझसम्म वर्षा भएको थियो । पानी रोकिए पनि काठमाडौंसहित पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । वर्षा र हुस्सुमा नागरिक आ-आफ्ना पेसा-व्यवसायमा खटिरहेका देखिन्छन् । हुस्सुमा काठमाडौं, भक्तपुरको जनजीवन कस्तो छ त ? तस्बिरहरु