कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न सुनुवाइ समिति बैठक आह्वान

काठमाडौँ — निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिनका लागि संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आह्वान गरिएको छ । संसदीय सुनुवाइ सकिइसकेको अवस्थामा प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनका लागि बैठक तय गरिएको हो । 

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न सुनुवाइ समिति बैठक आह्वान

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी आह्वान भएको जानकारी दिएका छन् ।

संसदीय सुनुवाइ समितिमा विचाराधीन रहेको प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् ।

ती महिलासँगको विवाद अदालतमा मिलाइसकेको प्रधानको भनाइ थियो । ती पैसा पैसा दिएर अदालतमा दायर गरेको फिरादपत्र फिर्ता गर्न लागाइ प्रधानले मिलापत्र गराएका थिए ।

सुनुवाइ समितिले साउन ९ मा प्रधानको कार्ययोजना सुनेर प्रश्न गरेका थिए । सांसदहरूले निर्वाचन आयुक्त पदमा प्रस्तावित प्रधानको ‘नैतिक चरित्र’ मा प्रश्न उठाएका थिए । संविधानको धारा २४५ को उपधारा ६ (घ) मा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति निर्वाचन आयुक्तका लागि योग्य हुने उल्लेख छ ।

प्रकाशित : श्रावण १२, २०८१ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×