३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५०
कान्तिपुर एजुकेसन समिट– २०८०

विद्यार्थी संगठनका सुझाव : नेता र कर्मचारीका सन्तान सरकारी स्कुलमै पढाउने कानुन होस्

पुस २९, २०८०

सरकारी विद्यालयको पठनपाठन सुदृढ, स्तरवृद्धि, गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा र पूर्वाधार विकासका लागि राजनीतिक जिम्मेवारीमा रहेका नेता र प्रशासनिक नेतृत्वमा रहेका कर्मचारीका सन्तानलाई स...

'बजारको मागअनुसार उच्चशिक्षालाई जोड्न लागिपरेका छौं'

शिक्षा मन्त्रालयले संविधानको कार्यान्वयन गर्नका लागि संघीयता अनुकूल आफूलाई चाहिने कानुन बनाउन खोजिरहेको छ । उसले हालैमात्र विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता गराएको छ तर त्यो नै संविधानको मर्मविपरीत भयो भन्ने प्रश्न स्थानीय सरकारले उठाइरहेका छन् ।

'विश्वविद्यालयमा उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्म मेरिट सिस्टम लागु हुनुपर्छ'

नेपालको उच्च शिक्षामा कसरी सुधार गर्न सकिन्छ ? विश्वविद्यालय शिक्षामा क्यालेन्डर लागु नहुनुमा कानुनको अड्चन हो कि विश्वविद्यालयमा नियुक्त पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेका हुन् । सरकारले उच्च शिक्षा विधेयक तयार पारेर आन्तरिक छलफल गरिरहेको छ भने विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन छ । 

'सार्वजनिक रूपमा शिक्षामा निजीक्षेत्रको भूमिकाको उच्च प्रशंसा गर्ने, अनि ५ वर्षपछि सम्पत्ति राष्ट्रलाई बुझाउ भन्ने ?'

संविधान जारी भएपछाडि मुलुक संघीयतामा गयो । संघीयता अनुकूल र नयाँ संविधानअनुरुप शिक्षाका कानुनहरू आवश्यक छन् भनेर २०७२ सालदेखि नै शिक्षा मन्त्रालयले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक शिक्षाको छुट्टाछुट्टै कानुनहरू ल्याउन अभ्यास गर्‍यो ।

'विद्यालय शिक्षा विधेयक संविधान विपरीत छ'

विद्यालय शिक्षा विधेयक मन्त्रिपरिषद्बाट पास भएर संसद्मा जाने क्रममा त्यसको विरोधमा देशभरबाट शिक्षकहरू काठमाडौंको सडकमा उत्रिए । उनीहरूको प्रमुख माग थियो- हामीहरू स्थानीय तह मातहत रहन्नौं, त्यहाँ विभेद छ । तर, संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको हुने भनेर एकल अधिकार सूचीमा राखेको छ ।

‘हाम्रा १५ सय हाराहारी ग्र्याजुएटले नेपालको साइबर सुरक्षा क्षेत्र धानिरहेका छन्’ 

उच्च शिक्षाका लागि क्याम्पस सञ्चालक र प्रविधिका माध्यमबाट पठनपाठन गराउने प्लेटफर्मको विस्तारमा उद्यमी सुलुभ बुढाथोकी क्रियाशील छन् ।

‘विश्वविद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्ने मात्रै नभएर विद्यार्थीलाई उद्यमशील बनाउने पनि हुनुपर्छ’ 

काठमाडौं विश्वविद्यालय देशकै एक अब्बल विश्वविद्यालयमध्ये एक हो । यद्यपि अन्य विश्वविद्यालयमा जस्तै काठमाडौं विश्वविद्यालयमा पनि सिट संख्याअनुसार विद्यार्थी भर्ना हुन छाडेका छन् । विद्यार्थीको रोजाइ विदेशी शिक्षण संस्था हुन पुगेका छन् । गुणस्तरको सुनिश्चितता नभएर हो वा रोजगारीको अवसर नभएर हो, नेपालका विश्वविद्यालयका क्याम्पसमा विद्यार्थी घट्दै गएको छ ।

‘कक्षाकोठा धाएर हासिल गर्ने शिक्षाको विकल्प खुला एवं दूरशिक्षा हुन सक्छ भन्ने हामी स्थापित गर्नेछौं’

खुला विश्वविद्यालय भर्चुअल माध्यमबाट उच्चशिक्षा अध्ययनअध्यापन गराउने गरी दूरशिक्षाको अवधारणाअनुसार स्थापित विश्वविद्यालय हो । नेपालमा विश्वविद्यालय र उच्चशिक्षाका शैक्षिक संस्था थपिँदै गए पनि विद्यार्थीको ध्यान भने पढ्नका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ ।

‘विश्वविद्यालयले जागिर खोजिदिएर हिँड्ने कुराको सुनिश्चितता दिन सक्दैन’

त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो र ठूलो विश्वविद्यालय हो । उच्चशिक्षाका करिब ८० प्रतिशत विद्यार्थी त्रिविमा अध्ययन गर्छन् । तर पढाइ पूरा गरे पनि देशमा रोजगारीको समस्या रहेको चौतर्फी गुनासो छ । अर्कोतर्फ सरकारले पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा त्रिवि कात्तिकदेखि उपकुलपति र रेक्टरविहीन छ भने रजिस्ट्रार पद पनि खाली छ ।

नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?

देशको सामाजिक तथा आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न सक्ने योग्य, दक्ष, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्नु नै उच्च शिक्षाको प्रमुख उद्देश्य हो । नेपालमा शिक्षाको जग सन् १९१८ मा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले खडा गरेको देखिन्छ ।

'हामी बजार मागअनुसार परिमार्जित भएनौं भने बेरोजगारीको समस्या सिर्जना हुन्छ'

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्भर्डमा शिक्षा नीति र विश्लेषण विषयमा स्नातकोत्तर गरेर फर्किएका विवेक बस्नेत हाल शिक्षा क्षेत्रमा क्रियाशील छन् ।

'काम गर्ने र सीप भएको मान्छेलाई समाजले हेर्ने दृष्टिकोणका कारण पनि बिदेसिने क्रम बढ्दो छ'

प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन दशकअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को स्थापना भएको थियो । सीटीईभीटीले डिप्लोमा तहमा मेडिकल, इन्जिनियरिङ, कृषि, पर्यटनलगायतका जनशक्ति उत्पादन गर्दै आएको छ ।

'कुनै कलेजले नेपाली बोलेबापत दण्ड जरिवाना तिराउँछ भने त्यो अपराध हो'

नेपालमा ८० भन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेज सञ्चालनमा छन् । ती कलेजको छाता संस्थाका रूपमा अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आईप्यान) क्रियाशील छ । नेपालमै अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने लक्ष्य र उद्देश्य आईप्यानले लिएको छ ।

'त्रिचन्द्रमा विद्यार्थीले तिरेको शुल्कअनुसार हामीले शिक्षा दिन सकेका छैनौं'

नेपालकै पहिलो क्याम्पस काठमाडौंको त्रि–चन्द्र बहुमुखी क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै यो क्याम्पस सञ्चालनमा थियो । त्रिवि स्थापनापछि त्रि–चन्द्रलाई पनि आंगिक क्याम्पस बनाइयो । हाल यस क्याम्पसको प्रमुख प्रा.डा. नीलम श्रेष्ठ प्रधान छिन् ।

‘दक्ष जनशक्ति देशभित्रै’

श्रम बजारलाई कस्तो जनशक्ति चाहिएको भन्ने विषयमा सरकार र निजी क्षेत्रसँग छलफल थालेको विश्वविद्यालयका पदाधिकारीले दाबी गरेका छन् । यसका लागि ‘एकेडेमिया इन्डस्ट्री मिट’ जस्ता कार्यक्रम आयोजना गरिरहेको र पाठ्यक्रम परिमार्जनका लागि पनि प्रयास भइरहेको उनीहरूले बताए ।

‘श्रम बजारसँग जोड्न नसक्नु शिक्षा प्रणालीको कमजोरी’

विद्यार्थीलाई श्रम बजारसँग जोड्न नसक्नु नै मुलुकको शिक्षा प्रणालीको मुख्य कमजोरी रहेको सरोकारवालाले औंल्याएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘कान्तिपुर एजुकेसन समिट २०८०’ को ‘पिरलोमा डिग्रीधारी, सीप न रोजगारी’ सत्रका वक्ताले शिक्षण संस्थाले श्रम बजारका लागि आवश्यक जनशक्तिसमेत उत्पादन गर्न नसकेको गुनासो गरे । 

‘निजी विद्यालयलाई गुठीमा लैजान मिल्दैन’

निजी क्षेत्रबाट सञ्चालित विद्यालय पाँच वर्षभित्र सरकारलाई सुम्पिनुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकमा उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले आपत्ति जनाएका छन् । सरकार र सांसदहरू संविधानले तय गरेको व्यवस्थाभन्दा माथि रहेको भन्दै उनले संवैधानिक सीमा ननाघ्न सरकार र सांसदहरूलाई आग्रह गरे ।

विश्वविद्यालयमा भागबन्डा गर्दैनौं : प्रधानमन्त्री दाहाल

विश्वविद्यालयलगायत शैक्षिक निकायमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तारूढ र प्रतिपक्षी दलका सांसदले गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘कान्तिपुर एजुकेसन समिट–२०८०’ को उद्घाटनमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा मात्र उपकुलपतिलगायत पदाधिकारी नियुक्त गरिने बताए । 

रास्वपा सांसद भन्छन् : नीतिगत कुरामा बहस गर्नेभन्दा पनि लोकरिझ्याइँमा रमाएका छौँ

शिक्षा क्षेत्रको अवस्था सुधारलाई आवश्यक पर्ने नीतिगत सुधारका विषयभन्दा लोकरिझ्याइँमा सबैजना रमाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको भनाइ छ । शिक्षा क्षेत्रको गुणस्तरवृद्धिका लागि सरकारसँग पर्याप्त क्षमता नै छैन भने राजनीतिकर्मीले के आधारमा गुणस्तर सुधारको प्रतिबद्धता व्यक्त गरिरहेका हुन् भनी उनले प्रश्नसमेत गरेका छन् ।