कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जर्मनीसँग भिड्न डेनमार्क तयार

एएफपी

म्युनिख —  डेनमार्कका डिफेन्डर यानिक भेस्टगार्ड युरोको शनिबार हुने अन्तिम १६ को खेलमा आयोजक जर्मनीको सामना गर्दा आफ्नो टिम पूर्णतः तयार हुने बताउँछन् । ‘अन्डर डग’ मानिएको डेनिस टिमलाई लाग्छ, फुटबलमा जे पनि सम्भव छ ।

जर्मनीसँग भिड्न डेनमार्क तयार

डेनमार्कले आफ्नो लिग चरणको अन्तिम खेलमा सर्बियासँग गोलरहित बराबरी खेलेको थियो । यस नतिजासँगै डेनमार्क समूहको दोस्रो स्थानमा रह्यो, किनभने त्यही समय भएको इंग्ल्यान्ड र स्लोभाकियाबीचको खेल गोलरहित नै रह्यो ।

डेनमार्क र स्लोभेनिया दुवै अर्को चरण पुगेका छन् । तर दुवै टिम समान अंक, गोल गरेको र त्यसका लागि गरेको अवसर सिर्जना, सबैमा बराबरीमै रह्यो । यस्तोमा डेनमार्कको अनुशासित खेल र उच्च वरीयताका कारण दोस्रोमा रह्यो । त्यसलाई नै विश्लेषण गर्दै भेस्टगार्डले फेरि भनेका छन्, ‘सबै सम्भव हुन्छ । जर्मनी पक्कै बलियो टिम हो । त्यसैले हामीले अझ धेरै सुधारिएको खेल प्रदर्शन गर्नुपर्नेछ । जर्मनीलाई रोक्नु नै हाम्रो प्रमुख उद्देश्य रहनेछ ।’

स्पेनसँगै जर्मनीले कीर्तिमान तीनपल्ट युरो जितेको छ । तर, त्यही जर्मनीलाई डेनमार्कले सन् १९९२ को फाइनलमा हराएको थियो । डेनमार्कले युरो जितेको भनेको त्यही एक अवसर थियो । यसलाई अहिलेसम्म पनि विश्व फुटबलको सबैभन्दा आश्चर्यजनक नतिजा मानिन्छ । डेनमार्कका प्रशिक्षक कास्टर हिजुलमन्ड मान्छन्, जर्मनी नै बलियो प्रत्याशी हो । किन हो किन, यही जर्मनीको सामना गर्दा टिममा सुख छाएको छ ।

‘जर्मनीसँग उसकै भूमिमा खेल्नुको अर्थ नै बेग्लै छ । यो भन्दा राम्रो स्थिति अरू हुनै सक्दैन । जर्मनी महान टिम हो, तर हामी पनि कम्ती महान् छैनौं । जति जति–बेला हामी एउटा देशका रूपमा खेल्छौं, त्यतिबेला साँच्चै राम्रो खेल्छौं,’ ५२ वर्षीय प्रशिक्षकले भने । सर्बियाविरुद्ध खेल्दा म्यानचेस्टर युनाइटेडका क्रिस्टियन एरिक्सनले कीर्तिमान १ सय ३३ खेल पूरा गरे । यसमा उनी प्लेयर अफ द म्याच पनि भए । उनले भने, ‘हाम्रो टिम नकआउट चरण पुगेको छ, त्यसैले म खुसी छु ।’

प्रकाशित : असार १३, २०८१ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×