कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली — कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको आइतबारको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरिन् । उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिएका थिए । उनीहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।


प्रकाशित : जेष्ठ २७, २०८१ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×