कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कुपिण्डे तालमा डुबेर एक जनाको मृत्यु 

विप्लव महर्जन

सल्यान — कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । शारदा नगरपालिका–८, मार्के आरा घर भएकी ३२ वर्षीया कमला कवरको बिहीबार बिहान मृत्यु भएको हो । 

कुपिण्डे तालमा डुबेर एक जनाको मृत्यु 

बाबुआमासँग बन्गाड कुपिण्डे नगरपालिका–८ मा पर्ने कुपिण्डेतालमा रहेको बराह मन्दिरमा पूजा गर्न गएकी थिइन् । तालमा नुहाउने क्रममा डुबेर कवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । प्रहरी पुग्दा आफन्तले शव तानेर तालको किनारमा राखेका उनले जानकारी गराए ।

उनका अनुसार साथमा गएका बाबु लिलाधर बुढाथोकी र आमा खिमी बुढाथोकीले तत्काल उद्धार गरेर जिल्ला अस्पतालमा उपचारको लागि पठाएका थिए । अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको र मृत्यु भएकी महिलाको जिल्ला अस्पताल सल्यानमै पोस्टमार्टमको तयारी भइरहेको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ १०, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?