काठमाडौँ — सन् २०१९ मा काठमाडौंबाट देशभित्रका प्राविधिकलाई डिजिटल ब्रान्डिङ गर्न सुरु गरिएको श्रीयोगले आफ्नो सेवा दिल्ली र दुबईमा पनि विस्तार गर्ने भएको छ ।
गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड भएको यो एप अहिले आएर झन उत्कृष्ट सेवा प्रदान गर्न सक्ने नयाँ भर्सनमा अपडेट भइसकेको छ ।
स्थानीय स्तरमा निर्माण गरिएको यो एपले अब चाँडै काठमाडौं, दिल्ली र दुबईमा पनि आफ्नो सेवा बिस्तार गर्ने एपका संस्थापक प्रकाश उप्रेतीले जनाए ।
सेवा प्रदायकहरूबाहेक दैनिक आवश्यकता र सेवा खोज्नेहरूको लागि पनि यो एप बहुउपयोगी रहेको उनको भनाइ छ ।
एपमा अहिले शतप्रतिशत भेरिफाई गरिएका युजर मात्र रखिएकामा पेन्टर, फल्स सिलिङ, आल्मिनियम फेब्रिकेटर, ग्रिल–सटरसम्बन्धी काम गर्ने, इन्टेरियर डेकोरेटर, घर निर्माण गर्ने ठेकेदार, कर्मकाण्ड गर्ने पण्डित, इलेक्ट्रिसियन, प्लम्बर, व्यापार परामर्शदाता, इभेन्ट प्लानर, क्याटरिङ, निर्माण व्यवसायी, कार्पेन्टर जस्ता समूहमा दक्ष जनशक्तिलाई मेम्बरसिप मोडेलमा आबद्ध गरिएको पनि उप्रेतीले बताए ।
