कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मापदण्ड तयार गर्ने भन्दै कर्मचारी सरुवामा पूर्ण रोक 

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा पूर्ण रुपमा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ । 

मापदण्ड तयार गर्ने भन्दै कर्मचारी सरुवामा पूर्ण रोक 

सरुवालाई व्यवस्थित गर्न भन्दै मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ । मन्त्रालयले सूचना प्रकाशित गरेर सरुवा स्थगित गरिएको जानकारी गराइएको छ ।

सचिवस्तरको बैठकबाट सरुवा स्थगित गरिएको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयमा सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीले आगामी २५ गतेभित्र मापदण्ड टुंग्याएर साउन ७ गतेको सचिव बैठकबाट पारित गर्ने तयारी गरेको बताए ।

इमर्जेन्सी बाहेक सबै सरुवा रोकिएको पराजुलीले जानकारी दिए । पछिल्लो समय सरुवालाई व्यवस्थित गर्ने भन्दा पनि जथाभावी गर्ने चलन बढेका बेला मापदण्ड ल्याउन लागिएको हो । मन्त्रालयले सरुवा पटक–पटक सरुवा मापदण्ड बनाएपछि लागु नै नभई निस्क्रिय हुने गरेको छ ।

प्रकाशित : असार ९, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×