कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

खजुराको नीति तथा कार्यक्रम : गर्भवतीहरुलाई नि:शुल्क  ल्याब परीक्षणको व्यवस्था

नेपालगञ्ज — बाँकेको खजुरा गाउँपालिकाले गर्भवतीहरुको नि:शुल्क ल्याब परीक्षण र आर्थिक रुपमा कमजोर  भएका सुत्केरी  तथा गर्भवतीहरुको  आपतकालिन  उपचार  तथा ब्यवस्थापन गर्दा लाग्ने उपचार आफैँ बेहोर्ने भएको छ ।

खजुराको नीति तथा कार्यक्रम : गर्भवतीहरुलाई नि:शुल्क  ल्याब परीक्षणको व्यवस्था


१५‌ ‍‍औं गाउँसभामा सो नीति तथा कार्यक्रम ल्याइएको हो । सभामा अध्यक्ष डम्मर विकले नीति तथा कार्यक्रम प्रस्तुत गरे । खजुरामा आइतबार सुरु भएको गाउसभाको १५ औं अधिवेशनमा अध्यक्ष बिकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अध्यक्ष बिकले प्रस्तुत गरेको नीति कार्यक्रममा मन्जु मल्ल, मनविर क्षेत्री, देउमाया मगरनी, फिरोज खाँले छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम बहुमतले पारित भएको हो ।

अध्यक्ष बिकले सुशासन र पार्दर्शितालाई अवलम्वन गर्दै दिगो विकासका अवधारणालाई क्रमशः पुरा गरिने, पालिकाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वास्थ्य सबै नीतिहरुमा लागु गर्दै स्वावलम्वी प्रतिष्पर्धी र स्वस्थ खजुरेली नागरिक उत्पादनमा जोडदिने, पालिकाको आर्थिक समृद्धि तथा गरिवी निवारणमा ठोस योगदान पुर्याउने, खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारी ले मुर्त रुप प्राप्त गर्ने, महिला बालबालिका मधेशी, मुस्लिम,दलित तथा अल्यसंख्यक पिछडिएका क्षेत्रको जीवनस्तरमा आमुल परिवर्तका लागि प्रभावकारी बन्ने, जैविक तथा वातावरणीय पक्षको संरक्षण तथा सम्वर्द्बन गर्ने, खजुराको विभिन्न भाषा कला संस्कृतिको संरक्षण तथा सरक्षण गर्दै सामाजिक सदभावलाई मजबुत गराउने , जनताको जीवनस्तर अभिवृद्धि गर्न उत्पादनशिल तथा रोजगारमुलक क्षेत्रमा लगानीको वातावरणलाई ठोस रुप दिने , आन्तिरक आय वृद्धिका लागि राजश्व र कर को दायरा बढाउने सबै पेशा व्यवसायलाई पालिकामा दर्ता गर्न लगाईने नीति लिइएको छ ।

खजुरा गाउँपालिकालाई खजुरा नगरपालिका निर्माण गर्न आवश्यक आधारहरु तयार भैसकेकाले भुगोल,जनसंख्या तथा आवश्यक आधारको हिसाबमा वडा नं. २,३,४ र ७ लाई विभाजनका लागि स्थानीय सरकारको सिफारिस प्रदेश सरकार हुाँदै केन्द्र सरकार सिफारिसका लागि पहल गरिनेछ, गाउपालिकाका अधुरा योजनाहरुलाई पूर्ण रुपमा कार्यन्वयन गरिने कुरामा जोड दिएका छन् ।



प्रकाशित : असार ९, २०८१ २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×