कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फुटबलर्स मिसनले पुराना खेलाडीलाई सम्मान गर्ने

काठमाडौँ — फुटबलर्स मिसन टुगेदरले यही असार ११ गते मंगलबार पुराना फुटबल खेलाडी, रेफ्री, प्रशिक्षकलाई राजधानीमा एक कार्यक्रमबीच सम्मान गर्ने भएको छ ।

फुटबलर्स मिसनले पुराना खेलाडीलाई सम्मान गर्ने

फुटबल माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराएका तथा फुटबल विकासमा योगदान गरेका व्यक्तित्वलाई फुटबलर्स मिसनले सम्झने प्रयास गरेको जनाएको छ ।

फुटबलर्स मिसनका अध्यक्ष अशोकरत्न वज्राचार्यले पुराना खेलाडीको योगदानलाई कदर गर्न यो सम्मान कार्यक्रम गरिएको बताए । मिसनले यसअघि पनि सन् १९७७ सम्मका पूर्व खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।

यसपालि सन् १९८८ सम्मका करिब १ सय ५ जना पूर्व राष्ट्रिय पुरुष तथा महिला खेलाडी, रेफ्री, प्रशिक्षकलाई सम्मान गरिने फुटबलर्स मिसनका महासचिव धिरेन्द्र प्रधानले जानकारी गराए ।

खेलपछिको सुरक्षित जीवन भन्ने कार्यक्रमलाई मिसनले अघि सारेको छ । अवकासप्राप्त पूर्व खेलाडी तथा फुटबलसॅग सम्बन्धित व्यक्तित्वका स्वास्थ्य बिमा, फुटबलर्स मिसनका सदसइ परिवारको एक जनालाई स्नातक तहमा निःशुल्क अध्ययन (ट्रिनिटी कलेजमा), नागार्जुन नगरपालिका र एन्फाको सहयोगमा ग्रासरुट कार्यक्रम, विभिन्न अस्पतालमा उपचार सहजीकरण गर्ने योजना रहेको महासचिव प्रधानले जानकारी गराए ।

पुराना खेलाडीको हौसला अभिवृद्धिका लागि हुने उक्त कार्यक्रमलाई नागार्जुन नगरपालिकाले प्रमुख प्रायोजन गरेको छ । लिनिङ, केटीएम सिटी, बोटलर्स नेपाल र ट्रिनिटी कलेजलगायत विभिन्न संघ संस्थाको सहयोग रहेको जनाइएको छ ।

प्रकाशित : असार ९, २०८१ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×