कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धनकुटाको सल्लेरीमा अटो दुर्घटना, चार घाइते

धनकुटा — कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा आइतबार साँझ भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन् ।

धनकुटाको सल्लेरीमा अटो दुर्घटना, चार घाइते

देब्रेबासबाट बसपार्कतर्फ आउँदै गरेको को.२ ह २५५५ नं.को अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा धनकुटा-४ देब्रेबासका अटो चालक विश्वजीत राना मगर, देब्रेबासका असन आले मगर, भापाको झिल्झिलेकी नेहा राई र बिर्तामोडकी आईसा अली छन् ।

प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । घाइते सबैको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जनाईएको छ ।


प्रकाशित : असार ९, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×