कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मध्यविन्दु नगरपालिकाको बजेट १ अर्ब ७ करोड

पूर्वी नवलपरासी — मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७ करोड २७ लाखको बजेट विनियोजन गरेको छ ।

मध्यविन्दु नगरपालिकाको बजेट १ अर्ब ७ करोड

आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख पूर्णकला चौधरीले आगामी वर्षका लागि संघीय राजश्व बाँडफाँटबाट १४ करोड ४२ लाख , संघीय शसर्त अनुदानबाट ३९ करोड ८३ लाख ६८ हजार संघीय समपूरक अनुदानबाट एक करोड ३० लाख संघीय विषेश अनुदानबाट २ करोड ६० लाख प्रदेश समानीकरण अनुदानबाट २ करोड ९ लाख ६१ हजार हुने प्रस्ताव गरेकी हुन् ।

उनले प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ६० लाख ४९ हजार प्रदेश समपूरक अनुदानबाट १ करोड र जनसहभागिताबाट एक करोड आय प्राप्त हुने प्रक्षेपण गरिएको उल्लेख गरिन् ।

नगरपालिकाले यसपटकको बजेट तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । शिक्षा विकासका लागि ३१ करोड ५२ लाख ४६ हजार बजेट विनियोजन गरेको छ ।

मध्यविन्दु नगरपालिकाले शिक्षा क्षेत्रमा सुरुआत गरेको नवीनतम कार्य हाम्रो खुसी पाठ्यक्रम सञ्चालनका लागि २४ लाख ७४ हजार विनियोजन गरेको छ ।

स्वास्थ्य क्षेत्रका लागि १२ करोड १४ लाख २२ हजार बजेट विनियोजन गरेको छ ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भिमलाल अधिकारीले नगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । पालिकाले अर्गानिक मध्यविन्दु अभियानलाई पनि महत्व दिएको छ । मानव जीवनको मुख्य आधार खाद्य वस्तु उत्पादनको श्रोतको रुपमा रहेको माटोको जीवन नै संकटमा पर्दै गएको अवस्थालाई मध्यनजर गर्दै ह्रास हुँदै गइरहेको माटोको उर्वरा शक्ति जोगाउन खेती प्रणालीमा जैविक विषादी र जैविक मल प्रयोग गर्ने गरि अर्गानिक मध्यविन्दु अभियान सञ्चालन गरिने नगर प्रमुख अधिकारीले प्रस्ताव गरेका छन् ।

प्रकाशित : असार ९, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×