कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन 

पाँचथर — फिदिम नगरपालिका १० र फालेलुङ गाउँपालिका ८ का उपभोक्ताले  खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन गरेका छन् ।

खानेपानी माग्दै सडकमा रित्ता भाँडासहित प्रदर्शन 

उनीहरुले फिदिम याङनाम फालौट मार्ग अन्तर्गत फालेलुङ ८ आकाशे भञ्ज्याङमा आइतबार रित्ता भाँडासहित प्रदर्शन गरेका हुन् ।

फिदिम १० र फालेलुङ ८ को सुख्खा क्षेत्रमा पर्ने १ हजार २ सय ११ घरधुरीलाई खानेपानी सुविधा दिन भन्दै सुरु गरिएको बृहद सिदिन याङनाम खानेपानी आयोजनाको काम सकिनै लाग्दा फालेलुङ ७ का नागरिकले काममा अवरोध गरेको भन्दै मुहान उपलब्ध नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

फालेलुङ ७ सिदिन स्थित प्युरे खोला मुहान भएर फिदिम १० र फालेलुङ ८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा प्युरे खोलाबाट खानेपानी लैजाँदा स्थानीयलाई सिंचाई र खानेपानीमा समस्या हुने भन्दै काममा अवरोध सिर्जना गर्दै आएका छन ।

आन्दोलनमा सहभागीहरुले सडकमा रित्ता भाँडा राखेर प्रर्दशन गर्दा फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिम आउजाउ गर्ने यात्रु र मालबाहक साधन अवरुद्व भए ।

२०७९ साल साउन ४ गते देखि शुरु गरेर आयोजनाको ८० प्रतिशत भन्दा धेरै काम सकिसके पनि त्यस क्षेत्रका नागरिकको अवरोध गरेकाले आन्दोलन गर्न बाध्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सिकुमहाङ जवेगूले बताए ।

उपभोक्ता समितिले केहिदिन अघि फिदिम १० का वडाध्यक्ष होमराज थाम्सुहाङ र फालेलुङ ८ का वडाध्यक्ष श्रीहाङ केरुङको उपस्थितिमा फिदिममा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

उनीहरुले असार ८ गते भित्र आयोजनाको विवाद मिलाउन भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरसहित जिल्लाका राजनैतिक दल र प्रहरीलाई ज्ञापन पत्र दिए पनि माग सम्बोधन नभएकाले आन्दोलन थालेको बताएका छन् ।

मागको सम्बोधन नभए फिदिमबाट फालेलुङ जाने विद्युत् र इन्टरनेट सेवा अवरुद्व गर्दै चरणाबद्व आन्दोलन चकाउने उपभोक्ताको चेतावनी छ ।


प्रकाशित : असार ९, २०८१ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×