कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पनौतीको बजेट १ अर्ब ६० करोड 

काभ्रे — पनौती नगरपालिकाको नगर सभाको १५ औं नगर अधिवशेनमा १ अर्ब ६० करोडको बजेट पेश भएको छ ।

पनौतीको बजेट १ अर्ब ६० करोड 

आर्थिक वर्ष २०८१/०८२ को लागि मा चालुतर्फ ७४ करोड ७१ लाख ८० हजार, पुँजीगततर्फ ८३ करोड ९८ लाख २० हजार र वित्तीय व्यवस्था १ करोड ३० लाख छुट्याइएको छ ।

नगर सभामा आर्थिक वर्ष २०८१/०८२को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । सार्वजनिक गरिएको नीति कार्यक्रममा शैक्षिक नीतितर्फ ‘एक नगर एक प्राविधिक विद्यालयको’ अवधारण अनुरुप संघ र प्रदेशसँग समन्वय गरी लागत साझेदारीमा प्राविधिक विद्यालय सञ्चालनका लागि सम्भाब्यता अध्ययन गर्ने उल्लेख छ ।

यसरी सञ्चालित विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गरी आबासीय रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ । त्यस्तै, नगर भित्रका सामुदायिक विद्यालयहरुमध्येबाट नमुना विद्यालयको रुपमा विकास गरि क्रमशः ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम सञ्चालन गरि विद्यार्थीकोक्षमता अभिवृद्घि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अघि बढाइनेछ ।

‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने अवधारणा कार्यान्वयन गने क्रममा शैक्षिक सत्र २०८० मा शिक्षक दरवन्दी मिलान, विद्यालय गाभ्ने तथा कक्षा समायोजन कार्य सम्पन्न भइसकेको र सो कार्यलाई प्रत्येक शैक्षिक सत्रमा निरन्तरता दिंदै विषयगत तथा तहगत शिक्षक व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने योजना शैक्षिक नीतिमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीवाट फर्किएका युवायुवतीहरुलाई स्वदेशमै उद्यमशील बनाउन विशेष पहल गरिने योजना युवा तथा खेलकुद नीतिमा समावेश गरिएको छ ।

विदेशबाट फर्किएका तथा देशमा कृषिलाई पेशाको रुपमा लिई भविष्य खोजिरहेका युवाहरुलाई प्रोत्साहन गर्न युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने योजना नगरले कृषि विकास सम्बन्धि नीतिमा उल्लेख छ ।


प्रकाशित : असार ९, २०८१ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×