कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

अभिकले जिते चेसको उपाधि

काठमाडौँ — अभिक शाहले गोल्डेनगेट एसईई कप र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा भएको प्रतियोगितामा अपराजित भई ६.५ अंक बनाएर उपाधि जितेका हुन् ।

अभिकले जिते चेसको उपाधि

शीर्ष वरीयताका पुरुषोत्तम सिलवालले पनि अपराजित हुॅदै ६.५ अंक बटुले । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले उपाधि जिते । अभिक र पुरुषोत्तमबीच पाॅचौं चरणको खेल बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाॅकी ६ खेलमा जित हात पारे ।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा विभूषित अगाडि रहॅदै तेस्रो भए ।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ३ अंक जोड्दै मेघा माविकी अंशुदिल प्रजापतिले गर्ल्सतर्फ पहिलो स्थान हात पारिन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए । दुवैले २ अंक बटुले । टाइब्रेकरको आधारमा कृशला दोस्रो भइन् । मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनैपनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छाबवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रोलाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । सहभागि सबै खेलाडीलाई एक तिहाई (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

एसईई परीक्षा दिएका ४१ खेलाडी प्रतिस्पर्धी प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार पुरस्कार प्राप्त गरे । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेटकी निर्देशक सैलसुमन सिलवाललगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित : असार ९, २०८१ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×