कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यानमा सवारी दुर्घटना : घाइते एक जनाको मृत्यु [अपडेट]

विप्लव महर्जन

सल्यान — सल्यानको बाग्चौर नगरपालिका-५ बांगेलाखुरीस्थित राप्ती राजमार्गमा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका बाग्चौर-१२ बाफुखोलाका ४६ वर्षीय वीरबहादुर ओलीको मृत्यु भएको छ ।

सल्यानमा सवारी दुर्घटना : घाइते एक जनाको मृत्यु [अपडेट]

गम्भीर घाइते भएपछि हेलिकप्टरबाट काठमाठौं लगिएका ओलीको ग्रान्डी अस्पतालमा पुर्‍याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । उनका अनुसार रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ९७८२ नम्बरको टिपर र सोही दिशातर्फ आउँदै गरेको रा ४ प १४६७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बाग्चौर-५ बांगेलाखुरीस्थित राप्ती राजमार्ग खण्डमा बुधबार बिहान ८ बजेतिर आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका ओलीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । अस्पतालले रिफर गरेपछि उनलाई दिउँसो २ बजेतिर हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।


प्रकाशित : फाल्गुन ९, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×