कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खोलामा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

दाङ — राजपुर गाउँपालिका–५, सालभौंरीस्थित गंगदी खोलामा शनिबार ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर–५, सालभौंरीका ५१ वर्षीय छेदुराम चौधरी रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

खोलामा बगेर बेपत्ता भएका चौधरीको शव निकाल्ने क्रममा ट्र्याक्टरमुनि च्यापिएको अवस्थामा फेला परेको थियो । ट्र्याक्टरमा सवार स्थानीय २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय महेश यादव घाइते भएको उनले जानकारी दिए ।

प्रकाशित : असार २२, २०८१ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×