कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मेसुको स्वागतका लागि अस्पताल हाताभित्र पटाका पड्काइयो

मनोज पौडेल

कपिलवस्तु — सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा सरुवा भएर आएका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेको स्वागतमा अस्पताल हाताभित्र पटाका पड्काइएको छ ।

मेसुको स्वागतका लागि अस्पताल हाताभित्र पटाका पड्काइयो

उनको स्वागतका लागि अस्पतालभित्रै औपचारिक कार्यक्रम भइरहेका बेला मंगलबार ११ बजेतिर पटाका पड्काएपछि स्थानीय आक्रोशित भएका छन् ।

उनका समर्थकले खुसीयालीमा करिब एक मिनेटसम्म अस्पताल परिसरमा पटाका पड्काएका थिए । लगातारको पटाकाको ठूला आवाजले स्थानीयमा डरत्रास भएको थियो । २४ सैं घण्टा प्रहरी हुने अस्पतालमा पटाका पड्कँदा सुरक्षा संवेदनशीलतामा पनि प्रश्न उठेको छ ।

कांग्रेस-माओवादी गठबन्धन सरकार बनेपछि मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा उनको सरुवा भएको थियो । २०८० जेठमा उनको यहाँबाट सरुवा भएको थियो । त्यसअघि ८ वर्ष ८ महिना २५ दिन उनी यहाँ मेसु भएर बसेका थिए । उनी दोस्रो पटक यहाँ आएका हुन् ।

माओवादी-एमाले सहितको नयाँ गठबन्धनको सरकार केन्द्र र प्रदेशमा बनेपछि उनी पुनः सरुवा गराउन दौडधुप गरेका थिए । डाक्टर बन्जाडेको स्वागत कार्यक्रममा व्यस्त भएकाले पटाका पड्काएको बारेमा आफूहरुलाई थाहा नभएको अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले बताए ।

सोसल मिडियाबाट आफूले पनि पटाका पडकिएको सुनेपछि अस्पतालबाट त्यस्तो काम नभएको भन्दै खण्डन गरिएको उनले बताए । अस्पतालजस्तो संवेदनशील ठाउँमा अराजक र दण्डनीय काम भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेर लगेको प्रजिअ विश्वप्रकाश अर्यालले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×