कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भारतीसँग जोडिएका नवलपरासीको सीमा नाका ४८ घण्टाका लागि बन्द

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो ।

भारतीसँग जोडिएका नवलपरासीको सीमा नाका ४८ घण्टाका लागि बन्द

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेठ १६ गते बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने सूचना प्रकाशित गरेको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बताए । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । यसअघि जेठ १० गतेदेखि जेठ १२ गतेसम्म बिहारमा चुनाव भएकाले जिल्लाका सबै नाका बन्द गरिएको थियो । पश्चिम नवलपरासी भारतको बिहार र उत्तर प्रदेश दुवै राज्यसँग सीमा जोडिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×