कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

देउखुरी — लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने र प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता ईश्वरी आचार्यले बताए ।

लुम्बिनी मन्त्रिपरिषद् बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा छलफलका लागि पेस गर्ने निर्णय गरिसकेको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारको नेतृत्वमा लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भइसकेको छ । विधेयक ऐनका रूपमा पनि जारी भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×