कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सहिदलाई सम्झिएर रोल्पा पुगे मुख्यमन्त्री महरा 

देउखुरी (दाङ) — सहिदलाई सम्झेर कामको सुरुवात गर्ने भन्दै शनिवार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा गृह जिल्ला रोल्पा पुगेका छन् । रोल्पा नगरपालिका–३ सातडोबाटोमा रहेको सहिदको स्तम्भ र सुनिलस्मृति गाउँपालिका–६ मा रहेको गजुल किमबहादुर थापा सुनिलको शालिकमा माल्यापर्ण गर्दै सहिदलाई सम्झेर कार्यालयमा काम सुरुवात गरेका हुन् । 

सहिदलाई सम्झिएर रोल्पा पुगे मुख्यमन्त्री महरा 

‘सहिदलाई माल्यापर्ण गरेर, श्रद्धाञ्जली अर्पण गरेर र सहिदलाई सम्मान गरेर कामको शुरुवात गर्छु भनेर सहिद स्तम्भमा आएको हुँ,’ उनले भने, ‘जनताको पक्षमा काम गर्छु । सहिदले देखाएको बाटोमा अगाडि बढ्छु ।’ रोल्पाली जनताको माया र सम्मानले आफू मुख्यमन्त्री भएको उनले बताए ।

स्थानीयलाई उनले रोल्पाले संघीय अर्थमन्त्री वर्षामान पुन, प्रदेशको मुख्यमन्त्री आफु र दीपेन्द्रकुमार पुन मगर मन्त्री बनेर रोल्पाले राजनीतिमा ठूलो फड्को मारेको बताए ।

उनले दुईचार दिन भित्रै प्रदेश सरकारले पूर्णता पाउने र आफु त्यसको होमवर्कमा रहेको बताए । यो हप्ताभित्रै सरकार विस्तार हुने बताए ।


प्रकाशित : वैशाख १, २०८१ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×