कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मेसिनबाट डढेलो नियन्त्रण

मनोज पौडेल

कपिलवस्तु — मेसिन प्रयोग गरेर यहाँ डढेलो नियन्त्रण सुरु गरिएको छ । तौलिहवा–गोरुसिंगे सडक खण्ड अन्तर्गत तिलौराकोट साझेदारी वन ब्यवस्थापन समुहको पूर्वी खण्ड ढेकहरीमा डढेलो लगाएर डेमो देखाइएको थियो । अत्याधुनिक एयर ब्लोर मेसिन प्रयोग गरेर क्षणभरमै डढेलो नियन्त्रण गरिएको प्रर्दशन गरिएको थियो ।

मेसिनबाट डढेलो नियन्त्रण

साझेदारी वन विशेषज्ञ विजयराज सुबेदीले मेसिन कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । त्यस्तै उनले डढेलो नियन्त्रण गरेर देखाएका थिए । नेपालमै पहिलो प्रयोग हो उनले भने यस अघिदेखि चलनचल्तीमा रहेको डढेलो नियन्त्रणका लागि अग्नी दस्ता परिचालनको सुरुवातपनि तिलौराकोट साझेदारी वनबाट सुरु भएको थियो ।

मेसिनबाट निस्कने तिब्रगतिको हावाको प्रेसरले आगो लागेका पातसंग जोडिएका अन्य पातको सम्पर्क बिच्छेद गर्छ । एकठाउ पातपतिङरमा लागेको आगोको सम्पर्क अन्यत्र जान दिदैन । यस्ले आगो फैलन नपाई नियन्त्रणमा आउने तिलौराकोट साझेदारी वन ब्यवस्थापन समुह अध्यक्ष जयप्रकाश पाण्डेले बताए ।

‘अहिले एउटा मेसिन ल्याएर उपयोग गरिरहेका छौं,’ उनले भने, ‘यसको प्रभावकारितासंगै थपेर लैजान्छौं ।’ अन्य साझेदारी र सेक्टर वन कार्यालयले पनि यस्को उपयोगितासंग प्रयोग गर्ने बताएका छन् । १० किलो तौल हुने मेसिनको मुल्य करिब डेढ लाख पर्ने बताईएकोछ । एक लिटर पेट्रोलले एक घण्टासम्म मेसिन चल्छ ।

प्रकाशित : चैत्र २१, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×