कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

४५ लाख मूल्यको चिनी र केराउ बरामद

नारायण शर्मा

पश्चिम नवलपरासी — सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको बरुवमा रहेको एक गोदाममा छापा मारेर दुई हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार बरुवाका ज्ञानु अर्यालको घरमा लुकाइराखेको २ सय बोरा चिनी र एक हजार सात सय बोरा भन्दा बढी केराउ सोमबार साँझ बरामद गरिएको हो।

४५ लाख मूल्यका ती सामान सोमबारै महेशपुर भन्सार कार्यालय पठाइएको छ । भारतसँग जोडिएको पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा २४ सैँ घण्टा सशस्त्र र नेपाल प्रहरीको गस्ती रहँदै आएको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० २२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×