लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाल्पा — पाल्पाकाे रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता शुक्रबारदेखि सुरू भएकाे छ । रामतुल्सी माविकाे खेल मैदानमा सुरू भएकाे उद्घाटन खेलमा लुम्बिनीले गण्डकीलाई सोझो सेटमा हरायो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/20240301183135img8330-0132024030015-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
लुम्बिनीले गण्डकीलाई २५-९, २६-२४ र २५-९ ले जितेको छ । खेलको प्लेयर अफ दि म्याच लुम्बिनीकि मिना सुनार भइन् । शुक्रबार भएको पहिलो खेलमा वाग्मतीले सुदुरपश्चिमलाई २५-३, २५-५ र २५-३ को सोझो सेटमा पछि पारेको छ ।
खेलको प्लेयर अफ दि म्याच बागमतीकि जेनिशा बिश्वकर्मा भइन् । अर्को खेलमा सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २५-९, २५-५ र २५-१० को सेटले हराएको छ । खेलको प्लेयर अफ दि म्याच सशस्त्रकि रस्मिता दुरा भइन् ।
खेलको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले खेलाडीकै कारण मुलुकलाई चिनाउन सहयाेग पुगेकाे बताए । खेलमा सात प्रदेश र सशस्त्र प्रहरी बल एपिएफ टीममाे सहभागिता रहेकाे छ । शुक्रबारदेखि सुरू भएकाे खेल फागुन २२ गतेसम्म संचालन हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष राजु गुरूङ्ले जानकारी दिए ।
प्रतियाेगितामा प्रथम हुनेले दुई लाख ५० हजार, दितीयले एक लाख ५० हजार र तृतीयले ७५ हजार नगद मेडल र ट्रफी पाउनेछ । खेलका लागि जिल्ला खेलकुद बिकास समिति, रामपुर नगरपालिका, लुम्विनी प्रदेश सरकारका साथै स्थानीय सङ्घसंस्थाकाे सहयाेग रहेकाे छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)