माधब अर्याल

माधब अर्यालका लेखहरु :

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो 

पाल्पाको सदरमुकाम तानसेनस्थित डिभिजन वन कार्यालयलाई घेराबन्दी गरेर भीषण डढेलो लागेको छ । तानसेन बजार नजिकैको वनदेवी र होलाङ्दी क्षेत्रमा सोमबार बेलुकीदेखि डढेलो लागेको हो । डढेलो मंगलबार अपरान्हसम्म नियन्त्रणमा आएको छैन ।

नयाँ वर्षको स्वागतमा पर्यटकीय तथा धार्मिक स्थलहरुमा भीड

नयाँ वर्षको स्वागतमा पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा भीड लागेको छ । जिल्लाका पर्यटकीय स्थल तेल्घा, रम्भादेवी, बंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रानीमहल र श्रीनगरडाँडामा नयाँ वर्षको स्वागतमा भीड लागेको हो । श्रीनगरडाँडामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएको स्थानीय बासिन्दा तिलक थापाले बताए । 

लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरु

पाल्पाकाे रामपुरमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता शुक्रबारदेखि  सुरू भएकाे छ । रामतुल्सी माविकाे खेल मैदानमा सुरू भएकाे उद्घाटन खेलमा लुम्बिनीले गण्डकीलाई सोझो सेटमा हरायो ।

पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पा–गुल्मी सडक खण्ड अवरुद्ध भएको छ । सडकको तानसेन नगरपालिका–५ र ११ को क्षेत्र ढुंगाखानी र जोर्तेमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

चितवनले जित्यो पाल्पा गोल्डकप

बिक्की चाम्लिङ राईको २ गोलको सहायतामा सेन्ट्रल कलेज रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ । शनिबार फाइनलमा चितवनले होराइजन फुटबल क्लब वालिङ स्याङ्जालाई २–० ले पराजित गरेको हो ।

तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला 

साथीहरुसँगै तिनाउ खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक किशोरको शुक्रबार शव फेला परेको छ । तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित तिनाउ खोलामा डुबेर बुधबार रूपन्देहीको सिद्धार्थ नगरपालिका–८, भैरहवा गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय बेपत्ता भएका थिए । 

पाल्पाको जोरधारामा बस दुर्घटना   

बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पाल्पामा बस र स्कुटी आपसमा ठोक्किँदा एकको मृत्यु 

पाल्पाको झुम्सा नजिकै बस र स्कुटर आपसमा ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीमा सवार बगनासकाली गाउँपालिका-६, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाल्पा झिरुवासमा ४५ घर पहिरोको जोखिममा

पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा परेका छन् । निस्दी गाउँपालिका–३, झिरुवास क्याङरुङ्गको डाँडाथरको सिंगो बस्ती नै जोखिममा परेको स्थानीय किसान सारुले जानकारी दिए ।  शुक्रबारदेखि पहिरो खस्न सुरु गरेको र शनिबारसम्म पनि खस्ने क्रम जारी छ ।