उकालो सडकमा जिपले नताने पछि यात्रु ओराल्ने क्रममा व्याक भएर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।
पाल्पा — पाल्पाको निस्दी गाउँपालिका-४ मित्यालमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबासनजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको भएको छ । उनीहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा व्याक भएर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी नवलपुर डण्डास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
